बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह « Khabarhub

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत वितरण तथा अन्य सहयोगका नाममा उनीहरूको आत्मसम्मान, मर्यादा र गोपनीयतामा प्रतिकूल असर पर्ने गरी तस्बिर तथा श्रव्यदृश्य सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ।

काउन्सिलले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा बालबालिकाको असहाय अवस्था देखिने तथा व्यक्तिगत पहिचान खुल्ने किसिमका तस्बिर र श्रव्यदृश्य सामग्री सम्प्रेषण तथा प्रविष्ट भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

यस्ता सामग्री प्रेस काउन्सिल नेपालद्वारा जारी ‘बालमैत्री सञ्चार निर्देशिका, २०७३’ विपरीत हुने काउन्सिलले स्पष्ट गरेको छ । निर्देशिकाले प्राकृतिक विपद् तथा दुर्घटनासम्बन्धी तस्बिर र दृश्यले बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर पार्न सक्ने भएकाले विशेष सजगता अपनाउनुपर्ने व्यवस्था गरेको छ। 

पीडित बालबालिकाको अवस्था प्रस्तुत गर्दा त्यसबाट उनीहरूको मनोविज्ञानमा पर्न सक्ने दीर्घकालीन असरलाई समेत ध्यान दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

त्यस्तै, राहत तथा उद्धारका नाममा बालबालिकाको असहाय अवस्था प्रदर्शन गरेर उनीहरूको आत्मसम्मानमा ठेस पुर्‍याउन नहुने काउन्सिलले जनाएको छ । बालबालिकालाई तत्कालीन वा दीर्घकालीन रूपमा नकारात्मक असर पर्ने गरी उनीहरूको पहिचान सार्वजनिक गर्नसमेत नहुने निर्देशिकामा व्यवस्था छ। 

बालबालिकाको व्यक्तिगत पहिचान खुल्ने गरी तस्बिर वा श्रव्यदृश्य सामग्री सम्प्रेषण गर्दा उनीहरू जोखिममा पर्न सक्ने भएकाले त्यस्ता सामग्री प्रयोग नगर्न निर्देशिकाले सचेत गराएको छ। 

प्रेस काउन्सिलले विपद्बाट पीडित तथा प्रभावित बालबालिकामा मनोवैज्ञानिक असर पार्ने, आत्मसम्मानमा ठेस पुर्‍याउने तथा उनीहरूको गोपनीयता र मर्यादामा प्रतिकूल असर पार्ने किसिमका भिडियो तथा तस्बिर सम्प्रेषण नगर्न वा नगराउन आमसञ्चार माध्यम, पत्रकार तथा सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता र सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। 

काउन्सिलद्वारा जारी विज्ञप्तिमा बालबालिकाको हित, सुरक्षा, गोपनीयता र सम्मानलाई प्राथमिकतामा राखेर सञ्चार सामग्री सम्प्रेषण गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ७ : २७ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका