सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति « Khabarhub

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण बाढीमा परि सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पार्टीको तर्फबाट यस्तो आग्रह गरिएको केन्द्रीय सदस्य देवराज चालिसेले बताए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सुरुङभित्र फसेका दक्ष जनशक्तिको उद्धारमा अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञताको उपयोग गर्नुपर्नेमा आफूहरुको जोड रहेको बताए।

उनले भने, ‘मान्छेको जीवन नै प्रधान हो। त्यसकारण उद्धारको विषयमा सरकार संवेदनशील हुनुपर्छ। राहत दोस्रो चरण हो। पुनर्निर्माण तेस्रो चौथो चरणमा जान्छ। त्यसले गर्दाखेरि अहिलेको प्रधान विषय भनेको एकजना भएनी बाँचेको छ कि भनेर खोजी गर्नु नै हो। अहिले सबैभन्दा संगीन प्रश्न सुरुङमा फसेका हाम्रा दक्ष जनशक्तिहरु नेपालका सबैभन्दा उच्च इन्जिनियरहरु, एक्सपर्टहरु थुनिएको अवस्था छ। धेरै कुराहरु बाहिर राख्या छ।’

सरकारले उपलब्ध स्रोतसाधनबाट प्रयास गर्दागर्दै पनि नसकिए प्राविधिक विषयमा अन्तर्राष्ट्रिय सहयोग लिन कुनै संकोच गर्न नहुने उनको भनाइ छ। उनले सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको पनि बताए।

नेता चालिसेकाअनुसार तीनै तहका सरकारसँग समन्वय गरेर उद्धार र राहतलाई प्रभावकारी बनाउने तथा राजनीतिक दलहरूले त्यसका लागि सहयोग गर्ने सहमति भएको छ। उनले विपद्को विषयलाई राजनीतिकरण गर्न नहुने बताउँदै सबै दल पीडित जनताको पक्षमा एकजुट हुनुपर्ने धारणा पनि राखे।

उनले थपे, ‘थुनिएको अवस्थामा हामीले राइट टाइममा विगत अन्तर्राष्ट्रिय अनुभव पनि हेर्‍यौं। इण्डियाको पनि उत्तराखण्डमा यस्तै किसिमको सुरुङमा भित्र अड्किएको अवस्था थियो। त्यसकारण सकेको अन्तर्राष्ट्रिय सहयोग जुटाउन कुनै लाज मान्नु पर्दैन। एक्सपर्ट भन्ने कुरो ज्ञान र विज्ञान भन्ने कुरो, अनुसन्धान भन्ने कुरो राष्ट्रिय सीमा हुँदैन। सबैको सहयोग लिएर गर्ने विषय हो। हामीसँग हाम्रा उपलब्ध स्रोत र साधनले गरे सकेसम्म गर्ने हो। गर्न नसकेका विषयहरुमा प्राविधिक सहयोग टेक्निसियनदेखि लिएर प्रविधिको सहयोग लिनुपर्छ।’

उनले जलवाजन्य विपद्को विषयलाई दीर्घकालीन छलफलको विषय बनाएर अघि बढ्नुपर्ने समेत बताए।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ९ : ०५ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक