चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली « Khabarhub

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको दोस्रो चरणको आपत्कालीन राहत सामग्री मंगलबार काठमाडौं आइपुगेको छ। राहत सामग्रीसँगै डीएनए पहिचानसम्बन्धी पाँच जना चिनियाँ विज्ञ पनि नेपाल आएका छन्।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार सेप्टेम्बर १ अर्थात् मंगलबार साँझ करिब ५:३० बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० ठूलो ढुवानी विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

उक्त विमानबाट नेपालका लागि चिनियाँ सहायता विज्ञ टोलीको तेस्रो समूहका रूपमा पाँच जना डीएनए पहिचान विज्ञ पनि काठमाडौं आइपुगेका छन्।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए। उनीहरूले राहत सामग्री ग्रहण गर्नुका साथै नेपाल आएका चिनियाँ विज्ञ टोलीलाई स्वागत गरेका थिए।

चीनले नेपालको आवश्यकताका आधारमा तत्काल आवश्यक सामग्री पठाएको दूतावासले जनाएको छ। राहत सामग्रीमा ड्रोन, डीएनए परीक्षण उपकरण तथा अभिकर्मक, पानी शुद्धीकरण उपकरण र प्रकाशका उपकरणलगायत सामग्री छन्।

नेपाल आइपुगेलगत्तै चिनियाँ डीएनए पहिचान विज्ञ टोली बाढी प्रभावित क्षेत्रमा खटिने दूतावासले जनाएको छ। टोलीले विपद् क्षेत्रमा नेपालका सम्बन्धित निकायलाई डीएनए परीक्षण तथा पहिचानसम्बन्धी काममा सहयोग गर्नेछ।

नेपालमा विनाशकारी बाढीपछि चीनले राहत सामग्री तथा प्राविधिक विज्ञ टोली पठाएर खोज, उद्धार र प्रभावितको पहिचानका काममा सहयोग गर्दै आएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ९ : ३० बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका