रसिया-युक्रेन युद्ध र प्रतिकूल मौसमका कारण विश्वबजारमा कृषि उपजको मूल्यमा सन् २०२२ यताकै ठूलो वृद्धि « Khabarhub

रसिया-युक्रेन युद्ध र प्रतिकूल मौसमका कारण विश्वबजारमा कृषि उपजको मूल्यमा सन् २०२२ यताकै ठूलो वृद्धि


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रसिया र युक्रेनबीच बढेको नयाँ तनाव तथा विश्वभर देखिएको चरम प्रतिकूल मौसमका कारण सन् २०२२ मा रसियाले युक्रेनमाथि आक्रमण गरेयताकै सबैभन्दा ठूलो त्रैमासिक मूल्य वृद्धि विश्व कृषि बजारमा रेकर्ड भएको छ । यस मूल्य वृद्धिले केन्द्रीय बैंकहरूको मुद्रास्फीति नियन्त्रण गर्ने लक्ष्यमा थप चुनौती थप्न सक्ने देखिएको छ ।

सोयाबिनदेखि कफीसम्मका १० मुख्य बालीको मूल्य मापन गर्ने ‘ब्लूमबर्ग एग्रिकल्चर स्पट इन्डेक्स’ सेप्टेम्बरसम्मको तीन महिनामा १३ प्रतिशतले बढेको छ । मार्च २०२२ यता कृषि उपजको मूल्यमा भएको यो सबैभन्दा ठूलो वृद्धि हो ।

हालैका महिनाहरूमा रसिया र युक्रेनबीचको लडाइँ तीव्र बन्दा खाद्यान्न र तिलहनको प्रमुख विश्वव्यापी आपूर्तिकर्ता मानिने कालो सागर क्षेत्रबाट हुने बाली निकासी प्रभावित भएको छ । यसले गर्दा बजारमा आपूर्ति सहज हुन सकेको छैन र एसिया तथा अफ्रिकाका आयातमा निर्भर खरिदकर्ताहरू वैकल्पिक बजारको खोजीमा लागेका छन् ।

यसैगरी, अमेरिकादेखि युरोपसम्मका प्रमुख बाली उत्पादन हुने क्षेत्रहरूमा चरम मौसमका कारण गहुँ र मकैको उत्पादन प्रभावित भएको छ । गत त्रैमासिक अवधिमा शिकागो बजारमा मकै र गहुँ दुवैको मूल्य १५ प्रतिशतले तथा सोयाबिनको मूल्य १३ प्रतिशतले बढेको छ ।

हालसम्मकै बलियोमध्येको एक मानिएको ‘एल निन्यो’को प्रभावका कारण विभिन्न क्षेत्रहरूमा कृषि उत्पादन जोखिममा परेको छ, जसले पाम आयल र कोकोआ जस्ता बालीहरूको उत्पादन अनुमानमा गिरावट ल्याएको छ ।

अर्कातर्फ, भारतमा एक दशकयताकै सबैभन्दा कमजोर मनसुन रेकर्ड भएको छ, जसले बाली भित्र्याउने प्रक्रियालाई जोखिममा पार्दै खाद्य वस्तुको मूल्य वृद्धिको खतरा बढाएको छ ।

चीनद्वारा अमेरिकी सोयाबिनको निरन्तर खरिद र दुई देशका शीर्ष नेताहरूबीच गत महिनाको अन्त्यमा भएको शिखर बैठकअघिको द्विपक्षीय व्यापार सम्बन्धी सकारात्मकताले पनि विश्वव्यापी खाद्यान्नको मूल्यलाई टेवा पुर्‍याएको छ ।

बैठकपछि बेइजिङले व्यापक सम्झौताको भाग स्वरूप अमेरिकी गहुँ र मकै जस्ता बालीमा भन्सार महसुल घटाउने घोषणा गरेको छ भने सोयाबिनमा अतिरिक्त शुल्क कायमै राखेको छ ।

यद्यपि, अमेरिकी कृषि विभागले आफ्नो प्रतिवेदनमार्फत अमेरिकामा पर्याप्त आपूर्तिको प्रक्षेपण गरेपछि बजारमा देखिएको उच्च मूल्य वृद्धिको वातावरण केही मत्थर भएको छ । यसका कारण शिकागो बजारमा खाद्यान्नको मूल्यमा भारी गिरावट आए पनि पछि केही सुधार देखिएको थियो ।

आपूर्तिमा आएको अवरोध र व्यापारिक दिशामा भएको परिवर्तनका कारण विश्वभरका खरिदकर्ताहरू सतर्क अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ११ : ४९ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष