चिया बेचेरै परिवारको गुजारा « Khabarhub

चिया बेचेरै परिवारको गुजारा


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– दैलेखबाट कपिलवस्तु झरेका बलराम देवकोटा र उनकी श्रीमती बिहानैदेखि तौलिहवा बजारमा चिया बेच्न व्यस्त छन् । 

ती देवकोटा दम्पतीले दैनिक करिब ४५० कपभन्दा बढी चिया बिक्री गरी परिवारको गुजारा चलाउँदै आएका छन् ।

दैलेखको दुल्लु नगरपालिका–८ बडालम्जीका स्थायी बासिन्दा देवकोटा रोजगारीका सिलसिलामा विसं २०७७ मा कपिलवस्तु आएका हुन् । उनले छ वर्षदेखि कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार क्षेत्रमा चिया बिक्री गर्दै आएका छन् ।

देवकोटाले प्रतिकप १० मा चिया बिक्री गरेछन् । गर्मी होस् वा जाडो, दैनिक करिब ४५० कप चिया बिक्री  गर्दै आएको उनले जानकारी दिए । उनको अहिले दैनिक करिब चार हजार पाँचको कारोबार हुने गरेको छ ।

उनका दैनिक रुपमा बिहान ६ बजेदेखि ९ बजेसम्म बजार क्षेत्रमा चिया बेच्छन् । दिउँसो २ बजेदेखि राति ८ बजेसम्म पुनः चिया बेच्ने उनको दैनिकी छ ।

देवकोटाको परिवारमा एक छोरा र एक छोरी छन् । चिया बेचेर हुने आम्दानीले परिवारको दैनिकी सहज रुपमा नै चलाउँदै आएको उनले बताए  । विदेश गएर रोजगारी गर्नुभन्दा स्वदेशकै व्यवसायबाट आफू सन्तुष्ट रहेको देवकोटाको भनाइ छ ।

‘जे गर्छु नेपालमै गर्छु । मेहनत गर्नेलाई नेपाल नै विदेश हो’, उनले भने । सामान्य लगानी र निरन्तर मेहनतबाट पनि स्वदेशमै गतिले आम्दानी गर्न सकिन्छ भन्ने त्यस क्षेत्रमा उनी उदाहरणीय पात्र हुन्।  चिया बिक्रीलाई नै निरन्तरता दिँदै परिवारको भविष्य निर्माण गर्ने उनको योजना छ । रासस
 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १२ : ४६ बजे

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई