एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने « Khabarhub

एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् ।

बिहीबार बिहान पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेट र दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकालाई १२४ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । भारतसँग श्रीलंका ४५ रनमै अलआट भएको हो ।

पहिलो सेमिफाइनलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै पाकिस्तान फाइनल पुगेको हो । वर्षाका कारण १३ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित १३ ओभरमा ७ विकेट गुमाएर १११ रनको योगफल तयार पारेको थियो। ११२ रनको चुनौती पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो।

त्यसैगरी दोस्रो सेमिफाइनलमा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले १६९ रन बनाएको थियो । भारतका लागि इशान किसानले सर्वाधिक ८० रन बनाएका थिए । पूरै २० ओभर खेल्दै भारतले सात विकेटको क्षतिमा १६९ रन बनाएको हो ।

१७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९ ओभर ५ बलमा ४५ रन बनाएर अलआउट भएको हो । फाइनल प्रतिस्पर्धा भारत र पााकिस्तानले शनिबार खेल्दैछन् । यो खेल शनिबार बिहान १० बजेर १५ मिनेटमा सुरु हुनेछ ।

सेमिफाइनलमा पराजित श्रीलंका र बंगलादेशले तेस्रो स्थानका लागि शनिबार बिहान ५ः४५ बजे प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १२ : ५४ बजे

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले