एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने « Khabarhub

एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् ।

बिहीबार बिहान पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेट र दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकालाई १२४ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । भारतसँग श्रीलंका ४५ रनमै अलआट भएको हो ।

पहिलो सेमिफाइनलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै पाकिस्तान फाइनल पुगेको हो । वर्षाका कारण १३ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित १३ ओभरमा ७ विकेट गुमाएर १११ रनको योगफल तयार पारेको थियो। ११२ रनको चुनौती पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो।

त्यसैगरी दोस्रो सेमिफाइनलमा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले १६९ रन बनाएको थियो । भारतका लागि इशान किसानले सर्वाधिक ८० रन बनाएका थिए । पूरै २० ओभर खेल्दै भारतले सात विकेटको क्षतिमा १६९ रन बनाएको हो ।

१७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९ ओभर ५ बलमा ४५ रन बनाएर अलआउट भएको हो । फाइनल प्रतिस्पर्धा भारत र पााकिस्तानले शनिबार खेल्दैछन् । यो खेल शनिबार बिहान १० बजेर १५ मिनेटमा सुरु हुनेछ ।

सेमिफाइनलमा पराजित श्रीलंका र बंगलादेशले तेस्रो स्थानका लागि शनिबार बिहान ५ः४५ बजे प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १२ : ५४ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी