मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी « Khabarhub

मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको बताएकी छन्  ।  

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिमा मन्त्री चौधरीले रासायनिक मलको आपूर्तिलाई व्यवस्थित बनाउन र प्राङ्गारिक मलका लागि स्पष्ट कार्यविधि तयार पार्न विभिन्न समितिहरूले काम गरिरहेको जानकारी दिइन् ।

उनले नेपालमा रासायनिक मल उत्पादन नहुने भएकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले असर पार्ने गरेको र यस वर्षको लागि रासायनिक मललाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताइन् । 

मन्त्रालय अन्तर्गत रहेका ३५ वटा कानुन, ऐन तथा कार्यविधिहरूलाई परिमार्जन र सुदृढ गर्ने प्रक्रिया अगाडि बढाइएको उनले उल्लेख गरिन् ।

उनले नेपाल कृषि अनुसन्धान परिषद्को नियुक्ति प्रक्रिया तोकिएको कार्यविधि अनुसार नै पारदर्शी ढङ्गले अघि बढाइएको र नार्क ऐनलाई पनि संशोधन गर्ने प्रक्रिया चलिरहेको जानकारी दिइन् । 

किसानको धान बाली उत्पादन हुनुभन्दा अगावै प्राविधिक विश्लेषण गरेर मूल्य तोक्ने काम गरिएको र खरिद प्रक्रियालाई सहज बनाउन उद्योग मन्त्रालय र खाद्य विभागसँग छलफल तथा समन्वय भइरहेको उनले बताइन् । 

मन्त्री चौधरीले आफ्नो नाम जोडेर सार्वजनिक भएको लेनदेन सम्बन्धी अडियोमा मुछिएका व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक नाता–सम्बन्ध नरहेको स्पष्ट पारिन् । 

आफू सामाजिक न्याय, सुशासन र भ्रष्टाचार विरोधी अभियान्ताका रूपमा काम गर्दै आएको र उक्त अडियोबारे छानबिन गर्न, प्रमाण भए पेस गर्न तथा कानुनी कारबाहीको दायरामा ल्याउन आफू तयार रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १२ : ५१ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा