मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी « Khabarhub

मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको बताएकी छन्  ।  

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिमा मन्त्री चौधरीले रासायनिक मलको आपूर्तिलाई व्यवस्थित बनाउन र प्राङ्गारिक मलका लागि स्पष्ट कार्यविधि तयार पार्न विभिन्न समितिहरूले काम गरिरहेको जानकारी दिइन् ।

उनले नेपालमा रासायनिक मल उत्पादन नहुने भएकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले असर पार्ने गरेको र यस वर्षको लागि रासायनिक मललाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताइन् । 

मन्त्रालय अन्तर्गत रहेका ३५ वटा कानुन, ऐन तथा कार्यविधिहरूलाई परिमार्जन र सुदृढ गर्ने प्रक्रिया अगाडि बढाइएको उनले उल्लेख गरिन् ।

उनले नेपाल कृषि अनुसन्धान परिषद्को नियुक्ति प्रक्रिया तोकिएको कार्यविधि अनुसार नै पारदर्शी ढङ्गले अघि बढाइएको र नार्क ऐनलाई पनि संशोधन गर्ने प्रक्रिया चलिरहेको जानकारी दिइन् । 

किसानको धान बाली उत्पादन हुनुभन्दा अगावै प्राविधिक विश्लेषण गरेर मूल्य तोक्ने काम गरिएको र खरिद प्रक्रियालाई सहज बनाउन उद्योग मन्त्रालय र खाद्य विभागसँग छलफल तथा समन्वय भइरहेको उनले बताइन् । 

मन्त्री चौधरीले आफ्नो नाम जोडेर सार्वजनिक भएको लेनदेन सम्बन्धी अडियोमा मुछिएका व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक नाता–सम्बन्ध नरहेको स्पष्ट पारिन् । 

आफू सामाजिक न्याय, सुशासन र भ्रष्टाचार विरोधी अभियान्ताका रूपमा काम गर्दै आएको र उक्त अडियोबारे छानबिन गर्न, प्रमाण भए पेस गर्न तथा कानुनी कारबाहीको दायरामा ल्याउन आफू तयार रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १२ : ५१ बजे

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले