गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए « Khabarhub

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिएको दाबी गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा उपनेता पराजुलीले सुशासनको जग बलियो बनाउन र समृद्धिको सपना पुरा गर्न वर्तमान सरकार र रास्वपाले निरन्तर प्रयास गरिरहेको समेत बताए ।

उनले सरुवा–बढुवामा डिजिटल प्रणाली, राहदानी र लाइसेन्स घरमै पुर्‍याउने सेवा, भूमि प्रशासनको विस्तार तथा भूमिहीन परिवारलाई लालपुर्जा वितरण जस्ता सुशासनका सुधारहरू सुरु भएको उल्लेख गरे  बिचौलिया र घुस खोरीको अन्त्य गर्दै नागरिकले बिना भनसुन र बिना घुस समयमै सेवा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

पराजुलीले जोखिममा रहेका नागरिकको जीवन जोगाउने, प्रभावित परिवारलाई समयमै सहायता पुर्‍याउने र अवरुद्ध जनजीवनलाई यथाशीघ्र सामान्य बनाउने कार्यमा सरकार थप स्पष्ट हुनुपर्ने धारणा राखे । विपद्मा सरकार र प्रतिपक्ष नछुट्याई सबैले सहकार्य र रचनात्मक योगदान गर्नुपर्ने साझा दायित्व भएको उनको भनाइ छ । 

उनले नेपालले विश्वमञ्चमा उठाएको जलवायु न्यायको आवाजलाई प्रभावित क्षेत्रका नागरिकको सुरक्षा, सहारा र समग्र पर्यावरण संरक्षणमा रूपान्तरण गरिनुपर्ने उल्लेख गरे । 

हिमालयको संरक्षणलाई केवल नेपालको भूगोलमा सीमित नराखी साझा अन्तर्राष्ट्रिय जिम्मेवारीका रूपमा स्थापित गर्न नेपालले निरन्तर पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १ : ४१ बजे

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य