गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए « Khabarhub

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिएको दाबी गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा उपनेता पराजुलीले सुशासनको जग बलियो बनाउन र समृद्धिको सपना पुरा गर्न वर्तमान सरकार र रास्वपाले निरन्तर प्रयास गरिरहेको समेत बताए ।

उनले सरुवा–बढुवामा डिजिटल प्रणाली, राहदानी र लाइसेन्स घरमै पुर्‍याउने सेवा, भूमि प्रशासनको विस्तार तथा भूमिहीन परिवारलाई लालपुर्जा वितरण जस्ता सुशासनका सुधारहरू सुरु भएको उल्लेख गरे  बिचौलिया र घुस खोरीको अन्त्य गर्दै नागरिकले बिना भनसुन र बिना घुस समयमै सेवा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

पराजुलीले जोखिममा रहेका नागरिकको जीवन जोगाउने, प्रभावित परिवारलाई समयमै सहायता पुर्‍याउने र अवरुद्ध जनजीवनलाई यथाशीघ्र सामान्य बनाउने कार्यमा सरकार थप स्पष्ट हुनुपर्ने धारणा राखे । विपद्मा सरकार र प्रतिपक्ष नछुट्याई सबैले सहकार्य र रचनात्मक योगदान गर्नुपर्ने साझा दायित्व भएको उनको भनाइ छ । 

उनले नेपालले विश्वमञ्चमा उठाएको जलवायु न्यायको आवाजलाई प्रभावित क्षेत्रका नागरिकको सुरक्षा, सहारा र समग्र पर्यावरण संरक्षणमा रूपान्तरण गरिनुपर्ने उल्लेख गरे । 

हिमालयको संरक्षणलाई केवल नेपालको भूगोलमा सीमित नराखी साझा अन्तर्राष्ट्रिय जिम्मेवारीका रूपमा स्थापित गर्न नेपालले निरन्तर पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १ : ४१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप