आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ? « Khabarhub

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र समावेशितामाथि कुनै पनि किसिमको कुचेष्टा नगर्न सरकारलाई खबरदारी गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक राईले सदनको अधिवेशन अन्त्य भएको मौका पारेर सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र समावेशितामाथि कुनै पनि किसिमको कुचेष्टा नगर्न सरकारलाई खबरदारी गरेका हुन् ।

उनले भ्रष्टाचारका दोषीहरूलाई समात्ने र छाड्ने कार्य भइरहेकोमा आपत्ति जनाउँदै यसलाई कस्तो किसिमको सुशासन भनी सरकारलाई प्रश्न गरे । 

राईले बिभिन्न हत्याकाण्ड, गिरीबन्धु टि–स्टेट, वाइडबडी काण्ड जस्ता ठूला भ्रष्टाचार र आपराधिक घटनाहरूको गम्भीरताका साथ छानबिन गर्न सुझाव दिए ।

भ्रष्टाचारका दोषीहरूलाई कारबाही गर्न दुई–तिहाइ बहुमत चाहिएमा श्रम संस्कृति पार्टी पूर्ण सहयोग गर्न तयार रहेको उनले बताए ।

त्यस्तै उनले जेन-जी आन्दोलनमा सहभागी हुनेहरू संसद र मन्त्री हुने, तर अर्कातिर सोही आन्दोलनका अन्य सहभागीहरू जेल बस्नुपर्ने विरोधाभासपूर्ण अवस्थाप्रति प्रश्न उठाए । 

उनले जेन-जी आन्दोलनपछि मानव अधिकार आयोगको प्रतिवेदन, जेलमा रहेका युवा, घाइतेहरू र अरबौँ–खरबौँको सार्वजनिक सम्पत्तिको क्षतिबारे सरकारको धारणा प्रष्ट हुनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  २ : २१ बजे

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी