‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’ « Khabarhub

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले पार्टीभित्र कुनै अन्तर्विरोध नरहेको बताएका छन् ।  

बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले रास्वपा भित्र कुनै पनि किसिमको अन्तर्विरोध नरहेको र सबै नेता–कार्यकर्ता एकीकृत रहेको बताएका हुन् । 

उनले आफूहरू सत्ता पक्षमा रहे पनि संसदमा जनताका मुद्दा र आवाजहरू निरन्तर उठाउनु जनप्रतिनिधिको मुख्य कर्तव्य रहेको धारणा राखे  ।

सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै वर्तमान सरकार ५ वर्षसम्म चल्ने र सफल हुने बताए । 

उनले सरकारलाई चौतर्फी सहयोग गरेर देशमा सकारात्मक परिवर्तन ल्याउन ५ वर्ष नै काम गरिने उल्लेख गरे ।  

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  २ : ४९ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,