कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू) « Khabarhub

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ । 

समानान्तर महाधिवेशन गर्ने तयारीमा रहेको संस्थापन इतर समूहले बिहीबार वडा अधिवेशन आयोजना गरेको हो । 

यसैक्रममा काठमाडौं क्षेत्र नम्बर १ को संयुक्त वडा अधिवेशन उद्घाटन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले देशभर प्रारम्भ भइरहेको वडा अधिवेशन पार्टी फुटाउन नभई सुदृढीकरणका लागि भएको बताए । 

उनले विशेष अधिवेशनको नाममा १४ औँ महाधिवेशनले दिएको म्यान्डेट बमोजिमको केन्द्रीय कार्यसमितिलाई भङ्ग गर्ने प्रयास र जालझेल स्वीकार्य नहुने उल्लेख गरे ।

उनले गैर–वैधानिक कदमहरूले काङ्ग्रेसलाई कमजोर बनाउने दुष्प्रयास मात्र गर्ने भएकाले सत्य र नीतिको बाटोमा हिँड्नुपर्ने धारणा राखे । आफूहरूले गर्ने महाधिवेशन नै आधिकारिक भएको उनको भनाइ छ ।  

कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गते महाधिवेशन सुरु गर्दैछ भने संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेका लागि तोकेको छ । 

संस्थापन इतर समूहले असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरी निर्वाचन आयोगलाई जानकारीसमेत गराइसकेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ४ : ०३ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई