कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू) « Khabarhub

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ । 

समानान्तर महाधिवेशन गर्ने तयारीमा रहेको संस्थापन इतर समूहले बिहीबार वडा अधिवेशन आयोजना गरेको हो । 

यसैक्रममा काठमाडौं क्षेत्र नम्बर १ को संयुक्त वडा अधिवेशन उद्घाटन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले देशभर प्रारम्भ भइरहेको वडा अधिवेशन पार्टी फुटाउन नभई सुदृढीकरणका लागि भएको बताए । 

उनले विशेष अधिवेशनको नाममा १४ औँ महाधिवेशनले दिएको म्यान्डेट बमोजिमको केन्द्रीय कार्यसमितिलाई भङ्ग गर्ने प्रयास र जालझेल स्वीकार्य नहुने उल्लेख गरे ।

उनले गैर–वैधानिक कदमहरूले काङ्ग्रेसलाई कमजोर बनाउने दुष्प्रयास मात्र गर्ने भएकाले सत्य र नीतिको बाटोमा हिँड्नुपर्ने धारणा राखे । आफूहरूले गर्ने महाधिवेशन नै आधिकारिक भएको उनको भनाइ छ ।  

कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गते महाधिवेशन सुरु गर्दैछ भने संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेका लागि तोकेको छ । 

संस्थापन इतर समूहले असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरी निर्वाचन आयोगलाई जानकारीसमेत गराइसकेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ४ : ०३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप