प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव « Khabarhub

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८३ ले अब प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी रहने व्यवस्था गरेको छ ।  

विधेयकको दफा ११७ र ११८ मा स्थानीय सेवाको गठन, पद संरचना तथा प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति र कार्य सञ्चालन सम्बन्धी स्पष्ट खाका प्रस्तुत गरिएको छ ।

विधेयकको दफा ११७ अनुसार प्रत्येक प्रदेशमा एउटा ‘स्थानीय सेवा’ रहने व्यवस्था गरिएको छ । यो ऐन प्रारम्भ हुँदाका बखत स्थानीय सेवामा बहाल रहेका कर्मचारीहरू सोही सेवाको पदमा कायम भएको मानिने र स्थानीय सेवासम्बन्धी कानुन निर्माण भई सेवा र समूह निर्धारण भएपछि कर्मचारीहरूलाई सोही अनुसार मिलान गरिने प्रबन्ध मिलाइएको छ । 

स्थानीय तहको संरचना अनुसार पदहरूको अधिकतम सीमा तोक्दै महानगरपालिका र उपमहानगरपालिकामा बढीमा अधिकृत ११ औँ तह, नगरपालिकामा बढीमा अधिकृत १० औँ तह र गाउँपालिकामा बढीमा अधिकृत ८ औँ तहसम्मका पदहरू रहने व्यवस्था गरिएको छ । स्थानीय सेवाको गठन, सेवा सर्त र सञ्चालन सङ्घीय ऐनको मापदण्डको अधीनमा रही प्रदेश कानुन अनुसार हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद, कर्मचारी नपुगे सङ्घीय निजामतीबाट खटाइने

विधेयकको दफा ११८ मा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पदलाई ‘स्थानीय सेवा’ कै पद हुने गरी परिभाषित गरिएको छ । जस अनुसार महानगरपालिका र उपमहानगरपालिकामा अधिकृत ११ औँ तह, नगरपालिकामा अधिकृत १० औँ तह र गाउँपालिकामा अधिकृत ८ औँ तहका प्रशासन सेवाका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतका रूपमा रहनेछन् । 

यदि तोकिएको तहका कर्मचारी उपलब्ध नभएको अवस्थामा एक तह मुनिको पदमा कम्तीमा तीन वर्ष सेवा अवधि पुरा गरेको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन सकिनेछ ।

स्थानीय सेवाबाट कर्मचारी पदपूर्ति नभएसम्मका लागि नेपाल सरकारले सङ्घीय निजामती सेवाका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत खटाउन सक्नेछ ।

यसरी खटाइएका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० दिनभित्र स्वीकृत दरबन्दी अनुसार रिक्त स्थानीय तहमा खटाउनुपर्ने दायित्व तोकिएको छ । 

यदि सरकारले कर्मचारी खटाउन नसकेको अवस्थामा सम्बन्धित स्थानीय तहमा कार्यरत वरिष्ठतम कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्नेछन् । यसका साथै खटिएका प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादन मूल्याङ्कन प्रदेशका मुख्य सचिव र सचिवमार्फत हुने व्यवस्था समेत विधेयकले गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ३ : ३८ बजे

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।