उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान « Khabarhub

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित गर्दै वार्ता पुनः सुरु गर्न आह्वान गरेका छन् ।

दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई देशबीचको असैन्यीकृत क्षेत्र (डिएमजेड) मा विस्फोट भएको केही दिनपछि राष्ट्रपति लीले यस्तो आह्वान गरेका हुन् ।

दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरिया विश्वास पुनःस्थापना र वार्ता पुनः सुरु गर्ने प्रक्रियामा सहभागी हुने आफूले आशा गरेको बताए।

गत सेप्टेम्बर २१ मा डिएमजेडमा भएको विस्फोटका लागि दक्षिण कोरियाले बुधबार उत्तर कोरियालाई जिम्मेवार ठहर गर्दै घटनाप्रति माफी माग्न आग्रह गरेको थियो। दक्षिण कोरियाली सेनाले उक्त विस्फोटलाई दुई कोरियाबीचको युद्धविराम सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ भनेको छ।

विस्फोटमा तीन दक्षिण कोरियाली सैनिक गम्भीर घाइते भएका थिए।

तर उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङले घटनामा आफ्नो देशको संलग्नता अस्वीकार गरे। उनले दक्षिण कोरियाले घटनाबारे गरेको अनुसन्धानको निष्कर्ष गलत र तथ्यहीन भएको आरोप लगाए।

दुई कोरियाबीच लामो समयदेखि राजनीतिक तथा सैन्य तनाव कायम रहेका बेला दक्षिण कोरियाली राष्ट्रपतिको वार्ता र विश्वास पुनःस्थापनाको आह्वान आएको हो।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ४ : ०२ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई