इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो « Khabarhub

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ को संज्ञा दिँदै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान गरेको छ।

आईआरजीसीले बिहीबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सेनाको फिर्तीका लागि इराकी जनता, इस्लामिक प्रतिरोधको संयुक्त मोर्चा तथा इस्लामिक विश्वका लडाकुलाई बधाई दिइएको छ। गार्ड्सको आधिकारिक सञ्चारमाध्यमले उक्त विज्ञप्ति सार्वजनिक गरेको हो।

इस्लामिक स्टेट (आईएस) विरुद्ध लड्न सन् २०१४ मा इराक र सिरियामा तैनाथ गरिएको अमेरिकी नेतृत्वको गठबन्धनले बुधबार इराकमा आफ्नो सैन्य अभियान औपचारिक रूपमा सम्पन्न गर्दै सेना फिर्ता गरेको थियो।

आईएसले कुनै समय इराक र सिरियाको ठूलो भूभाग नियन्त्रणमा लिएको थियो। इराकमा सन् २०१७ र सिरियामा सन् २०१९ मा आईएस पराजित भए पनि गठबन्धन सेनाले उसका बाँकी समूहविरुद्ध कारबाही जारी राखेको थियो।

आईआरजीसीले अमेरिकी सेनाको उपस्थितिले क्षेत्रीय सुरक्षा सुनिश्चित नगरेको दाबी गर्दै अमेरिकाले पश्चिम एसिया छाडेर सुरक्षा व्यवस्थापन सम्बन्धित देशलाई नै सुम्पिनुपर्ने बताएको छ। अमेरिकी उपस्थितिले दुई दशकयता क्षेत्रीय असुरक्षा, आतङ्कवाद र अस्थिरता बढाएको उसको आरोप छ।

इराक र अमेरिकाले सन् २०२४ मा गठबन्धनको सैन्य मिसन अन्त्य गर्ने सहमति गरेका थिए। त्यसपछि गठबन्धनमा आबद्ध सेना इराकभर रहेका आफ्ना आधारबाट क्रमशः फिर्ता हुँदै आएका थिए। पछिल्लो समय उनीहरूको उपस्थिति इराकको स्वायत्त उत्तरी कुर्दिस्तान क्षेत्रमा सीमित थियो।

इराकी सरकारले गठबन्धन सेनाको फिर्तीपछि इरान समर्थित सशस्त्र समूहले हतियार कायम राख्न प्रयोग गर्दै आएको एउटा प्रमुख आधार हटेको बताएको छ।

यसैबीच, इराकी प्रधानमन्त्री अली अल–जैदीले बिहीबार सशस्त्र समूहलाई आफ्ना हतियार राज्यलाई हस्तान्तरण गर्न जुन ३० सम्मको नयाँ समयसीमा घोषणा गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ५ : ५२ बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये