फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा « Khabarhub

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’ पुरस्कार दिने घोषणा गरेका छन् । ती यात्रुले फ्लाईदुबईको सह–चालकलाई नियन्त्रणमा लिई उनीहरू सवार विमान दुर्घटना गराउने प्रयास रोकेका थिए ।

‘तपाईंहरूले अरूलाई बचाउन आफूलाई जोखिममा पार्नुभयो र ठूलो विपत्ति रोके। आज संसारले इजरायली समाजको सुन्दर र साहसी अनुहार देख्यो,’ इररायलमा मुख्यतया औपचारिक भूमिकामा रहनुहुने राष्ट्रपति हर्जोगले जारी गरेको एक वक्तव्यमा भनेका छन् ।

उनले भने, ‘म तपाईंहरूमाथि गर्व गर्छु र इजरायलको तर्फबाट धन्यवाद दिन्छु।’

उनले विमान चालक भारतीय नागरिक स्मित मच्छाको पनि मुक्तकण्ठाले प्रशंसा गरेका छन्।

इजरायली अधिकारीहरूका अनुसार सह–पाइलटले चक्कु प्रहार गरेपछि उनले ककपिटको ढोका खोली यात्रु र चालकदलका सदस्यलाई सूचना गरी उनीहरूको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएर विमान बचाउन सफल भएका थिए ।

हर्जोगको कार्यालयले सुरुमा चार जना पुरस्कार विजेताको नाम घोषणा गरेको थियो तर पछि पाँचौं व्यक्तिको रूपमा ताली मानेसको नाम थपेको थियो । उनका पतिलाई पहिले पुरस्कार दिने घोषणा गरिएका चार जनामा समावेश गरिएको थियो ।

राष्ट्रपतिको कार्यालयका अनुसार मानेसले ककपिटमा हल्लीखल्ली सुनेर पहिलो पटक यात्रुहरूलाई सचेत गराएका थएि र सहयोग मागेका थिए ।

राष्ट्रिय नागरिक वीरता पुरस्कार पाउने अन्य इजरायलीहरूमा यानिभ हायुन पनि रहेका छन् । उनी पेशाले प्लम्बर हुन् तर उनले नै ककपिटमा पसेर सह–चालकलाई नियन्त्रणमा लिन पहल गरेका थिए ।

हायुनलाई रगत लागेको सर्टमा नै बुधबार इजरायल फर्केपछि बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यक्तिगत रूपमा स्वागत गरेका थिए।

यात्रुहरूले एक महिलाले चिच्याएर चालकमाथि चक्कु प्रहार भएको बताएपछि हायुन ककपिटतिर दौडेर गई आक्रमणकारी सहचालकलाई बचाउन सहयोग गरेका थिए ।

“यो असाधारण घटना थियो,” आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गर्ने र पुरस्कार पाउने आसफ राजुआनले उद्धारकार्यबारे राष्ट्रपतिसँगको प्रतिक्रियामा भनेका थिए ।

उनले भने, ‘हामी असहाय महसुस गर्दै थियौँ, हावामा तैरिरहेका थियौँ र यो कार्य आफु बाँच्न, परिवार, मानिस र बच्चाहरूलाई बचाउन निर्विकल्प कार्य थियो ।’

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ६ : ३१ बजे

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका