रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन « Khabarhub

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा लागेकी ममता शर्मा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् ।

शर्माले आफू नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् । उनका अनुसार उनी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधिमा चयन भएकी हुन् ।

मधेशमा रास्वपाको संस्थापक सदस्यका रूपमा रहेकी शर्मा २१ फागुनमा भएको निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेकी थिइन् । रास्वपाबाट निर्वाचनमा टिकट नपाएपछि उनले कांग्रेस रोजेकी थिइन् ।

कांग्रेसमा प्रवेश गरेको केही समयमै शर्मा महाधिवेशन प्रतिनिधिमा चयन भएकी हुन् । उनी क्षेत्र नम्बर १ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताएकी छन् ।

शर्माले सामाजिक सञ्जालमा आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा चयन गर्ने पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ८ : ३० बजे

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको