बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल « Khabarhub

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप २०२६ को फाइनलमा स्थान बनाएको छ ।

बिहीबार राति जकार्तास्थित गेलोरा बुङ कार्नो स्टेडियममा भएको समूह ‘ए’ को अन्तिम खेलमा इन्डोनेसियाले बंगलादेशलाई ९–२ गोलले पराजित गरेको हो ।

इन्डोनेसियाको जितमा मिचेल बेकरले मात्रै पाँच गोल गरे । उनले खेलको ११औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २०औँ मिनेटमा दोस्रो गोल गरेका बेकरले ३७औँ मिनेटमा ह्याट्रिक पूरा गरे। ४२औँ मिनेटमा चौथो गोल गरेका उनले खेलको अन्तिम समयमा पाँचौँ गोल पूरा गरे ।

इन्डोनेसियाका लागि रिज्की रिधोले ३२औँ मिनेटमा गोल गरे भने जस्टिन हब्नरले पहिलो हाफको इन्जुरी समयमा गोल थपे । लुक एन्थोनी भिकेरी र केभिन डिक्सले दोस्रो हाफमा थप गोल गरे ।

बंगलादेशका लागि शाह्रियार इमोनले ३६औँ मिनेटमा पहिलो गोल फर्काए भने फरहान अली वाहिदले दोस्रो हाफको अन्तिमतिर अर्को गोल गरे ।

पहिलो हाफमै इन्डोनेसिया ६–१ ले अघि रहेको थियो। दोस्रो हाफमा बंगलादेशले केही समय इन्डोनेसियालाई गोल गर्नबाट रोके पनि अन्तिम मिनेटमा घरेलु टोलीले लगातार गोल गर्दै फराकिलो जित दर्ता गर्‍यो ।

यस जितसँगै इन्डोनेसिया समूह ‘ए’ मा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ। तीन खेलमा एक अंक पनि जोड्न नसकेको बंगलादेश भने समूहको पुछारमा रह्यो ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ९ : ३० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह