बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल « Khabarhub

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप २०२६ को फाइनलमा स्थान बनाएको छ ।

बिहीबार राति जकार्तास्थित गेलोरा बुङ कार्नो स्टेडियममा भएको समूह ‘ए’ को अन्तिम खेलमा इन्डोनेसियाले बंगलादेशलाई ९–२ गोलले पराजित गरेको हो ।

इन्डोनेसियाको जितमा मिचेल बेकरले मात्रै पाँच गोल गरे । उनले खेलको ११औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २०औँ मिनेटमा दोस्रो गोल गरेका बेकरले ३७औँ मिनेटमा ह्याट्रिक पूरा गरे। ४२औँ मिनेटमा चौथो गोल गरेका उनले खेलको अन्तिम समयमा पाँचौँ गोल पूरा गरे ।

इन्डोनेसियाका लागि रिज्की रिधोले ३२औँ मिनेटमा गोल गरे भने जस्टिन हब्नरले पहिलो हाफको इन्जुरी समयमा गोल थपे । लुक एन्थोनी भिकेरी र केभिन डिक्सले दोस्रो हाफमा थप गोल गरे ।

बंगलादेशका लागि शाह्रियार इमोनले ३६औँ मिनेटमा पहिलो गोल फर्काए भने फरहान अली वाहिदले दोस्रो हाफको अन्तिमतिर अर्को गोल गरे ।

पहिलो हाफमै इन्डोनेसिया ६–१ ले अघि रहेको थियो। दोस्रो हाफमा बंगलादेशले केही समय इन्डोनेसियालाई गोल गर्नबाट रोके पनि अन्तिम मिनेटमा घरेलु टोलीले लगातार गोल गर्दै फराकिलो जित दर्ता गर्‍यो ।

यस जितसँगै इन्डोनेसिया समूह ‘ए’ मा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ। तीन खेलमा एक अंक पनि जोड्न नसकेको बंगलादेश भने समूहको पुछारमा रह्यो ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ९ : ३० बजे

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको