घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन « Khabarhub

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ । चर्चित निर्माता तथा निर्देशक सञ्जय गुप्ताको ५७ वर्षको उमेरमा निधन भएको छ । 

अक्टोबर ३० मा आफ्नै घरमा लडेर टाउकोमा गम्भीर चोट लागेका कारण उनको मृत्यु भएको बताइएको छ ।

उनको निधनको खबरले बलिउडमा शोक छाएको छ । फिल्म निर्माता तथा फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजका प्रमुख सल्लाहकार अशोक पण्डितले सामाजिक सञ्जालमार्फत सञ्जयको निधन पुष्टि गरेका हुन् । 

उनले सञ्जयलाई उत्कृष्ट कथावाचक, जीवन्त व्यक्तित्व र सिनेमाप्रति समर्पित फिल्ममेकर भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

वर्सोवा प्रहरीका अनुसार सञ्जय अघिल्लो रात घरमा सन्तुलन बिग्रिएर लडेका थिए । लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो, जसका कारण अत्यधिक रक्तस्राव भएर उनको मृत्यु भएको प्रारम्भिक जानकारी छ । 

घटनाका बेला घरमा उनकी पत्नी, दुई छोरा र घरेलु सहयोगीसमेत थिए । तर राति सबै सुतिरहेका कारण कसैले पनि घटनाबारे तत्काल थाहा पाएनन् । बिहान मात्रै परिवारले यसबारे जानकारी पाएको थियो ।

परिवारले घटनामा कुनै शंका वा उजुरी नगरे पनि प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ । वर्सोवा प्रहरीले आकस्मिक मृत्युको घटनाका रूपमा अनुसन्धान गरिरहेको छ ।

सञ्जय गुप्ता बलिउडमा फरक शैलीका एक्सन तथा थ्रिलर फिल्मका लागि परिचित थिए । उनले ‘काँटे’, ‘शूटआउट एट वडाला’, ‘काबिल’, ‘आतिश’, ‘जज्बा’, ‘जिन्दा’, ‘मुसाफिर’ र ‘मुम्बई सागा’ जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए। त्यस्तै, ‘शूटआउट एट लोखण्डवाला’, ‘प्लान’, ‘वुडस्टक भिल्ला’, ‘एसिड फ्याक्ट्री’ र ‘पंख’ जस्ता फिल्म निर्माणमा पनि उनको योगदान रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  १२ : ०० बजे

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा