काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित यातायात प्रणालीको विकास गर्ने उद्देश्यले काठमाडौंमा ट्राफिक जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ ।
काठमाडौंको रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) मा आइतबार आयोजित कार्यक्रममा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण, पैदलयात्रीको सुरक्षा तथा जिम्मेवार सडक व्यवहारका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो ।
सडक दुर्घटना न्यूनीकरण गर्न चालक, पैदलयात्री तथा सडक प्रयोग गर्ने सबै पक्ष जिम्मेवार हुनुपर्ने र ट्राफिक नियमको पूर्ण पालना आवश्यक रहेको विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममार्फत सुरक्षित सडक संस्कृतिको विकास, ट्राफिक नियमप्रतिको सचेतना र जिम्मेवार यातायात प्रणाली निर्माणमा जोड दिइएको थियो ।















प्रतिक्रिया