पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ? « Khabarhub

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई लिएर सरकारको सर्वत्र आलोचना भइरहेको छ । यता प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भने यो गम्भीर विषयमा व्याङ्ग्य गर्दै टिप्पणी गरेका छन्।

आइतबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले २० जना पत्रकारलाई मेन्सन गर्दै लेखेका छन्, ‘यो २८ जना पत्रकारमा को–को पर्‍या हो । २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो ।’

प्रेस स्वतन्त्रता र संवैधानिक मर्म विपरित बेनको टिप्पणी आएको हो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बेनले नयाँ पत्रिका दैनिकमा प्रकाशित “प्रधानमन्त्री सचिवालयले २८ जना पत्रकारको सूची दिएर पक्राउ गर्न निर्देशन दिएको” भन्ने दाबीप्रति व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा उक्त टिप्पणी गरेका हुन्। उनले फेसबुकमा समीर बलामी, जयसिंह महरा, रोशन खड्का, रुपेश श्रेष्ठ, कृष्ण आचार्य, अनिल गिरी, शिवहरि घिमिरे, प्रदीप कार्की, ओम शर्मा, रमेश सुवेदी, गोकर्ण अवस्थी, राजु घिसिङ, मनोज सत्याल, उमेश, चिरञ्जीवी पौडेल, श्रीधर पी. पौडेल, कमल सरगम, चौलागाईं, टिकाराम यात्री, केशव खड्का, र वसन्त बस्नेतलाई मेन्सन गर्दै उक्त कुरा लेखेका हुन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ४ : ३७ बजे

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग