स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश « Khabarhub

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ । नेपालमै पहिलो पटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको महानगरले जनाएको छ ।  
 
महानगरपालिकाले कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने बालबालिकाका लागि तयार पारेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको हो । 

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार महानगरले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश गरिएको हो । 

चितवनमा धेरैजसो रगतको अभाव हुने भएकाले रक्तदान गर्न प्रेरणा दिनेगरी विपद् भन्ने पाठ्य क्षेत्रमा रक्तदानलाई समेटिएको उनले जानकारी दिए । 

बालबालिकामा मानवता, सेवा भाव र रक्तदानप्रतिको सकारात्मक सोच विकास गर्न यो शिक्षा महत्त्वपूर्ण हुने प्रमुख आचार्यले बताए । 

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले रक्तदानको आवश्यकता, महत्त्व र मानवीयताका दृष्ट्रिले स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समेटिएको बताए। चिकित्सक र शिक्षाविद्को परामर्शका माध्यमबाट पाठ्यक्रममा स्थान दिइएको उनले जानकारी दिए । 

भरतपुरमा सङ्घीय अस्पताल भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, २० भन्दाबढी निजी अस्पताल छन् । 

यहाँ क्यान्सर, प्रसूति र दुर्घटनाका बिरामीलाई धेरै रगत आवश्यक पर्ने गर्दछ । वर्ष भरी नै रगतको अभाव हुने भएपछि रक्तदानका लागि उत्प्रेरणा गर्न स्थानीय पाठ्यक्रममा नै यसको महत्त्व समावेश गरिएको कार्यवाहक प्रमुख अधिकारीले बताए । 

जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत माग हुने गरेको छ । रगत अभावका कारण बिरामीले रक्तदाता खोजेर रगत सङ्कलन गर्नुपर्ने बाध्यता हुने गरेको छ । महानगरपालिकाभित्र सामुदायिक विद्यालय १११ वटा र संस्थागत विद्यालय ९७ वटा रहेका छन् । 

ती विद्यालयमध्ये निम्न माध्यमिक तह अध्ययन गराउने सामुदायिकतर्फ ७४ र संस्थागततर्फ ८० वटा विद्यालय रहेको उनले जानकारी दिए । विद्यालयका निम्न माध्यमिक तहमा अध्ययन गर्ने २५ हजारभन्दा बढी विद्यार्थी छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ५ : २७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७