अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता « Khabarhub

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म राजधानीमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ ।

नेपाल सरकारको सहयोग र निजी क्षेत्रको आयोजनामा हुने सो मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका व्यवसायीको सहभागिता रहनेछ । 

नेपाल व्यापार एकीकरण रणनीतिमा विशेष रुपमा पहिचान गरिएका अलैँची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला, पश्मिनालगायत वस्तुको निर्यात वृद्धि गर्न सघाउ पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

कुल २०० भन्दाबढी कक्षमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया र जापानलगायत देशका क्रेताहरूलाई आमन्त्रण गरिसकिएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

मेलाको मुख्य आकर्षणमा नेपालमा निर्मित हस्तकलाका उत्पादन, वस्तुगत सङ्घका उत्पादन तथा विद्युतीय सवारीसाधनको छुट्टै पेभिलियन रहनेछ । द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल हुने मेला करिब एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।

मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुग्ने महासङ्घको विश्वास छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ६ : ४७ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको