ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार चामुण्डाविन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार आचार्य रहेका छन् ।

सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ जाँदै गरेको क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका आचार्यलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक छोरा चामुण्डाविन्द्रासैनी–३ का २६ वर्षीय श्रवणकुमार आचार्य भने सकुशल रहेका छन् ।

प्रहरीले ट्रक चालक दाङको लमही नगरपालिका–३ का २५ वर्षीय सबिन चौधरी र दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ६ : ५६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति