वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न « Khabarhub

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ साहित्यकार, गीतकार तथा प्राज्ञ उन्नती बोहरा शीला’को विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ।

नेपाली सुगम संगीतमा पाँच दशकभन्दा लामो साधना गरेकी प्राज्ञ गीतकार उन्नती बोहरा शीलाको सृजनालाई सम्मान गर्दै आइतबार ’फर्कि आऊ शान्ति तिमी, उन्नती शीला संगीत समर्पण साँझ’ को आयोजना गरिएको हो । 

उन्नती शीला गीत समर्पण साँझमा उनीद्वारा रचना गरिएका विभिन्न २५ वटाभन्दा बढी कालजयी गीतहरूको प्रस्तुत गरिएको थियो।

जसमा ३०० वटा कविता र २५० गीतमध्ये सार्वजनिक रूपमा रेकर्ड भइसकेका १५१ गीतबाट छानिएका सर्वोत्कृष्ट गीतहरू ’फर्कि आऊ शान्ति तिमी’, ’जननी जन्मभूमिश्च’, ’डाँडाकाँडा ढुपक्क ढाँकी’ आदि गीतहरूको प्रस्तु गरिएको बताइएको छ । 

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार, गीतकार तथा प्राज्ञ उन्नती बोहराले कुनैपनि देशको प्रगती र उन्नतीलाइ भौतिक विकासका आधारमा मात्र भन्दा सास्कृतिक सचेतनाको आधारमा मुल्याकंन गर्दा न्याय संगत हुने बताउँदै सांस्कृतिक सचेतना फैलाउने र त्यसको माध्यम बाट देशको पहिचान तन्दुरुस्त राख्ने काम देशका कलाकारहरुको रहेको बताइन् । 

बोहराले लामो समयको गीतलेखन यात्राको मोडमा शुभेच्छुक, साहित्यकार, संगीतकर्मी तथा आफ्ना सिर्जनाप्रेमीहरूको साथ र माया विशेष रूपमा आवश्यक महसुस भएको बताइन् ।

उन्नती शीला गीत समर्पण साँझमा मीरा राणा, प्रमोद खरेल, कर्णदास, आनन्द कार्की, जगदिश समाल, सुरेश लामा, विश्व नेपाली, टीका प्रसाईं, बानिका प्रधान, संगीता राणा प्रधान, माण्डवी त्रिपाठी, प्राश्ना शाक्य, सरिता शाही लगायतका ख्यातिप्राप्त गायक–गायिकाको प्रस्तुति रहेको थियो । 

त्यस्तै कार्यक्रममा नेपाली संगीतका धरोहर, संगीत रत्न एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालाई अभिनन्दन गरिएको थियो भने नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुराउने स्रष्टा  वरिष्ठ गायिका मीरा राणा, वरिष्ठ साहित्यकार उषा शेरचन लगाएतका स्रष्टाहरुलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ७ : १७ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच