काठमाडौं– दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका मन्दाना लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका छन् ।
भारतीय मिडिया अनुसार यो जोडी फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा दुवै परिवार र नजिकका साथीहरूको उपस्थिति विवाह समारोह गर्ने तयारीमा छ । विवाहपछि यी जोडीले हैदराबादमा चलचित्र उद्योगका सदस्यहरूको लागि भव्य रिसेप्सन भोज आयोजना गर्ने सम्भावना पनि छ ।
गत अक्टोबर ३ मा उनीहरूको इन्गेजमेन्ट सम्पन्न भएको थियो, जसमा परिवारका सदस्यहरू मात्र सहभागी थिए । यद्यपि, विजय र रश्मिकाले अहिलेसम्म विवाहको मितिबारे आधिकारिक पुष्टि गरेका छैनन् ।
पर्दामा पनि यो जोडी अत्यन्तै लोकप्रिय छ । उनीहरूले सँगै काम गरेका ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ जस्ता चलचित्रहरू व्यावसायिक रूपमा सफल भएका थिए ।
हाल विजय चलचित्र ‘किङडम’ मा देखिएका छन् भने रश्मिका सलमान खानको ‘सिकन्दर’, आयुष्मान खुरानाको ‘थामा’ र तेलुगु चलचित्र ‘द गर्लफ्रेन्ड’ मा सक्रिय छिन् ।













प्रतिक्रिया