मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै « Khabarhub

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको छ । मटिहानीले पछिल्ला तीन वर्षदेखि बर्सेनि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्दै आएको छ । 

यसवर्ष यही पुस ८ देखि १६ गतेसम्म नौ दिन सञ्चालित शिविरमा करिब आठ हजारले घरआँगनमै सेवा लिएको नगरपालिकाले जनाएको छ । शिविरमा नगरपालिकाबाट प्राप्त सेवा एकीकृत रुपमा प्रदान गरिएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए।

“यसपालि शिविरका बेला प्रतिकूल मौसम शीतलहर रह्यो, त्यही पनि सात हजार ९०९ जनाले सेवा लिएका छन्” नगरप्रमुख मण्डलले भन्नुभयो, “आम नागरिकलाई कार्यालयबाट दिइने सेवाप्रति नयाँ आशा जगाउन यो प्रभावकारी भएको छ ।”

यसले जनप्रतिनिधि, कर्मचारी र जनताबीच सम्बन्ध सुमधुर बनाएको उनको भनाइ छ ।

शिविरमा सबैभन्दा बढी पशुपालक किसानले सेवा लिएका छन् । दुई हजार ८४९ घरपालुवा पशुको स्वास्थ्य जाँच र उपचार गरिएको छ । त्यसैगरी दुई हजार ३०१ किसानले तरकारीको बीउबिजन लिएका छन् । मटिहानी नगरक्षेत्र जिल्लामै तरकारी खेतीको पकेटक्षेत्र मानिन्छ ।

एक हजार ६३२ जनाले स्वास्थ्यचौकीबाट स्वास्थ्य जाँच र उपचार सेवा लिएका छन् । आयुर्वेद कार्यालयबाट ८७१ जनाले स्वास्थ्य जाँच गरी आयुर्वेद औषधि लिएका छन् । १०६ ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक परिचयपत्र बनाएको र ८८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिएको छ । 

६२ वटा व्यक्तिगत घटना दर्ता र तीन जना अपाङ्गता भएकाको परिचयपत्र बनेको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  १२ : ४० बजे

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार लागिसकेको छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले  वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त

महाकालीसन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर– नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ