धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै « Khabarhub

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । 

तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म पनि सूचारु नभएको म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी बजार इकाईका सभापति तेजेन्द्र थापाले बताए। 

भवन निर्माण पुरा नहुँदा म्याग्दीका अन्य स्थानीय तहको तुलनामा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरीको ताकममा अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनमा ढिलाइ भएको छ उनले गुनासो गरे ।  

भवन निर्माणका लागि विसं २०७८ वैशाखमा निर्माण कम्पनीले चार करोड ७९ लाख ४० हजार ३३४ मा धवलागिरी गाउँपालिकासँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । 

पाँच श्यया क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे दुई तले भवन निर्माण गर्न लागिएको हो । आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो ।

धवलागिरी गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलका अनुसार हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको उक्त योजनाको तेस्रो पटक थप भएको म्याद आगामी असार महिनासम्म छ । मुख्य भवनको ढलान सकिएपनि फिनिसिङको काम सुरु भएको छैन् । 

धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले ताकम आधारभूत अस्पताल भवनका ठेकेदारलाई काममा फर्काउन ताकेता गरिएको बताए। 

‘आर्थिक वर्षको अन्तिम तिर आउने ठेकेदार अन्य समयमा सम्पर्कविहीन हुन्छन्,’ उनले भने ‘बैंक धरौटी जफत र कालोसूचिमा राख्ने प्रक्रिया अघि बढाउने विषयमा कार्यपालिकामा छलफल चलाएका छौ ।’

निर्माण कम्पनीका प्रतिनिधि दीपक अदैले बर्खायाममा ढुवानी र प्रतिकुल मौसमका कारण रोकिएको अस्पताल भवन निर्माण कार्यलाई केही दिनमै सूचारु गराउन मजदुर, निर्माण सामग्री ल्याएर आउने प्रतिवद्धता जनाए। 

भवन निर्माणको सुरुवातमा स्थानीय समस्याले गर्दा ढिलाई भएपनि सङ्घीय सरकारले पठाउने बजेट अनुसारको काम गर्दै आएको उनको भनाई छ । सरकारले भुक्तानीको लागि बजेट उपलब्ध गराउन सके चालु आवमै भवन सम्पन्न गर्ने अदैले बताए।

विस। २०७७ पुष २२ गते तत्कालीन प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले भवन शिलन्यास गरेका थिए । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो । 
 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  १ : २२ बजे

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ