अपडेट : क्रान्स मोन्टानामा बार आगलागी, ४० जनाको मृत्यु « Khabarhub

अपडेट : क्रान्स मोन्टानामा बार आगलागी, ४० जनाको मृत्यु


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा भीडभाड भएको बारमा आगलागी हुँदा धेरै जनाको मृत्यु र घाइते भएका छन् । दक्षिणपश्चिमी स्विट्जरल्यान्डको वालिस क्यान्टन प्रहरीले जारी गरेको विज्ञप्तिमा यस घटना ‘गम्भीर’ भएको उल्लेख गरिएको छ ।

प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार, बिहान १ः३० बजे ९००ः३० जिएमटी० ‘ले कन्स्टेलेसन’ नामक बारमा विस्फोट र आगलागी सुरु भएको थियो । 

भवनमा नयाँ वर्षको उत्सव मनाउन १०० भन्दा बढी मानिस भेला भएका थिए । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक र उद्धारकर्मीहरूको ठूलो टोली तुरुन्तै पुगेको र धेरै पीडितलाई उद्धार गरिएको जनाइएको छ ।

क्षेत्रीय दैनिक समाचारपत्रका अनुसार मृत्युको सङ्ख्या लगभग ४० हुनसक्ने अनुमान गरिएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । स्विस मिडियाले प्रकाशित गरेको तस्बिरमा आगो लागेको भवन र मानिसहरू चिच्याउँदै भागिरहेको दृश्य देखाइएको छ ।

प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक रिपोर्ट अनुसार कन्सर्टका क्रममा आतशबाजी प्रयोग गर्दा आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । लाथिओनले भने, ‘अपरेसन अझै जारी छ र प्रभावित क्षेत्र जनताका लागि पूर्ण रूपमा बन्द गरिएको छ । क्रान्स मोन्टानामा नो–फ्लाई जोन लागू गरिएको छ ।’

घटनास्थलमा एम्बुलेन्सहरूको ठूलो भीड देखिएको थियो र अधिकारीहरूले प्रभावित परिवारको सहयोगका लागि विशेष हेल्पलाइन तथा स्वागत केन्द्र स्थापना गरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ३ : ३६ बजे

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित