अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली « Khabarhub

अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  

विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका हुन् । 

नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गरेको विभागले जनाएको छ । 

उक्त सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले अध्यागमन सुधारको रणनीतिक योजना अन्तर्गत विदेशी नागरिकहरूको नेपाल बसाइको सूचना व्यवस्थापनलाई नजितामूखि बनाउन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

उनले सूचना प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत अभिलेखनलाई प्रभावकारी बनाउन, विदेशी नागरिकहरूको सुरक्षा थप सुदृढ बनाउन, विपद्को कार्यमा उद्धार तथा खोजी कार्यमा सहजीकरण गर्न सहयोग पुग्ने बताए ।

त्यस्तै नेपालमा विदेशी नागरिकहरूको अवाञ्छित गतिविधिमा निगरानी गरी विविध अपराधहरूको अनुसन्धान प्रभावकारी बनाउन र विश्वस्तमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास समेत नयाँ प्रणाली प्रभावकारी हुने उनको विश्वास छ ।

गृहमन्त्री अर्यालले  वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागेको समेत बताए ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा अनिवार्य रुपमा उक्त प्रणाली लागू गर्ने र दुई महिनाभित्र देशका सबै सरोकारवाला निकायमा लागू गर्ने जानकारी दिए । 

यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत र बसाइँलाई प्रभावकारी बनाउने, आगन्तुकको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउने उनले बताए । 
 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ४ : ०८ बजे

‘कुमारी’ निर्देशक राउतलाई प्रश्न : मल्टिरस्टार ‘महाभोज’को ठक्करले डेब्यू कलाकार लिनुभयो ?

काठमाडौं – लभस्टोरी फिल्म निर्देशनबाट चिनिएका दिनेश राउत पछिल्लो समय

भक्तपुर क्यान्सर अस्पतालद्वारा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले यही पुष १३ गतेदेखि १७ गतेसम्म

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक