गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै « Khabarhub

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै


१७ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते पार्टीको विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधिको आह्वानमा उनीहरूले विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका हुन् ।

नेपाली कांग्रेशका नेता अजयबाबु सिवाकोटीले महामन्त्री विश्वप्रकाश शर्मा अहिले ४ बजे विशेष महाधिवेशनको लागि प्रस्ताव बोकेर सभापति शेरबहादुर देउवाको निवासमा गएका छन् ।

‘केन्द्रको तर्फबाट दुईजना महामन्त्रीले आह्वान गरेर २७ र २८ गते महाधिवेशन गर्ने भन्ने भएको छ, त्यसको जानकारी महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिलाई दिन जानुभएको छ’, उनले भने ।

नियमित महाधिवेशन पनि नगर्ने र विशेष पनि नगर्ने हो भने विधान लत्याउने काम हुने भन्दै विधानले दिएको व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउन लागिएको उनले बताए । साथै, उनले विशेष महाधिवेशन रोक्ने कुरा तर्कसंगत नहुने पनि बताए ।

गगन–विश्वले बोलाएको विशेष महाधिवेशनमा सबै कांग्रेश सहभागी हुँदैनन् कि भन्ने प्रसङ्गमा नेता सिवाकोटीले सो महाधिवेशनमा नेपाली कांग्रेशका सबै महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने पनि उनले बताए ।

‘यसमा हस्ताक्षर गर्ने र नगर्ने सबै सहभागी हुन पाउने हो, हस्ताक्षरकर्ताहरू त आउने नै भइहाले हस्तााक्षर नगर्नेहरू पनि त्यहाँ आएर सहभागी हुन सक्छन्’, उनले भने, ‘फरक मत पनि राख्न सक्छन्, सबै सहभागी हुन पाउने व्यवस्था छ त्यहाँ ।’

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ४ : २४ बजे

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु