गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै « Khabarhub

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते पार्टीको विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधिको आह्वानमा उनीहरूले विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका हुन् ।

नेपाली कांग्रेशका नेता अजयबाबु सिवाकोटीले महामन्त्री विश्वप्रकाश शर्मा अहिले ४ बजे विशेष महाधिवेशनको लागि प्रस्ताव बोकेर सभापति शेरबहादुर देउवाको निवासमा गएका छन् ।

‘केन्द्रको तर्फबाट दुईजना महामन्त्रीले आह्वान गरेर २७ र २८ गते महाधिवेशन गर्ने भन्ने भएको छ, त्यसको जानकारी महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिलाई दिन जानुभएको छ’, उनले भने ।

नियमित महाधिवेशन पनि नगर्ने र विशेष पनि नगर्ने हो भने विधान लत्याउने काम हुने भन्दै विधानले दिएको व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउन लागिएको उनले बताए । साथै, उनले विशेष महाधिवेशन रोक्ने कुरा तर्कसंगत नहुने पनि बताए ।

गगन–विश्वले बोलाएको विशेष महाधिवेशनमा सबै कांग्रेश सहभागी हुँदैनन् कि भन्ने प्रसङ्गमा नेता सिवाकोटीले सो महाधिवेशनमा नेपाली कांग्रेशका सबै महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने पनि उनले बताए ।

‘यसमा हस्ताक्षर गर्ने र नगर्ने सबै सहभागी हुन पाउने हो, हस्ताक्षरकर्ताहरू त आउने नै भइहाले हस्तााक्षर नगर्नेहरू पनि त्यहाँ आएर सहभागी हुन सक्छन्’, उनले भने, ‘फरक मत पनि राख्न सक्छन्, सबै सहभागी हुन पाउने व्यवस्था छ त्यहाँ ।’

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ४ : २४ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा