भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण « Khabarhub

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित नेपाल–चीन सिमानामा रहेका सीमा स्तम्भको निरीक्षण गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुर अन्तर्गतको सीमा सुरक्षा पोष्ट बिओपि किमाथाङ्का बिओपी, चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको नेपाल–चीन सिमानामा सीमा स्तम्भको निरीक्षण गरेको हो ।

उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकामा चीनको स्वशासित क्षेत्र तिब्बत्सँगको सिमानापर्ने नेपाल–चीन सिमानाका चार वटा सीमास्तम्भ निरीक्षण गरेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी किमाथाङ्का, चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ अन्तर्गत रहेका चारवटा सीमा स्तम्भको निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलले जानकारी दिए ।

संयुक्त सुरक्षा टोलीले किमाथाङ्का नाकामा रहेका ६७, ६८÷२, ६९÷१ र ६९÷२ नम्बरको सीमास्तम्भ र सीमाको अवस्था लगायतका विषयमा निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ४ अरुण गुल्म चैनपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

संयुक्त टोलीले इलाकाको बस्तु स्थिति तथा सीमा चिन्हको अवस्थासमेत निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी किमाथाङ्का इन्चार्ज नवीन खतिवडा नेतृत्वमा ११ जना, चीनको स्वशासित क्षेत्र तिब्बतका डिएसपी दावा छिरिङको कमाण्डमा सातजना र नेपाल प्रहरीका पाँच जनाको संयुक्त टोलीले विभिन्न सीमास्तम्भको निरीक्षण गरेको छ । भोटखोला गाउँपालिकाका– १, २ र ३ सिधैँ चीनको भू–भागसँग जोडिएका छन् । सङ्खुवासभा जिल्लामा २१ वटा सीमास्तम्भ रहेका छन् । किमाथाङ्कामा नेपाल–चीनअन्तरराष्ट्रिय सीमास्तम्भ निक्कै पुरानो भएको बताइएको छ ।

गत जेठमा आएको बाढीले ७१÷१ को सीमा स्तम्भ बगाएर बेपत्ता बनाएको छ । किमाथाङ्का नाकामा २०७६ मा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी स्थापना भएको हो ।

भोटखोला–१ स्थित दोङ्गोप्पाखोला र छोकाङ खोलामा बाढीले बगाएको ७१÷१ सिमास्तम्भ हालसम्म फेला परेको छैन । भोटखोला गाउँपालिका–१, २ र ३ छिमेकी चीनको भू–भागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ भने यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् ।

खाँदबारीदेखि किमाथाङ्का एक सय ६२ किलोमिटरको दुरीमा पर्दछ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ४ : ३५ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित