निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग « Khabarhub

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा. निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षाका निम्ति राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले  बिहीबार एक विज्ञप्ति जारी गर्दै उनीहरूको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको जनाएको छ । ‘निजहरूको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनशनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पुर्‍याउन र उनीहरूको जीवनरक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत विभिन्न मागसहित उनीहरू अनशनमा रहेका आयोगले जनाएको छ । ‘आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रा समेत घटेको पाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य अवस्था कमजोर बनेपछि भुसाल र विष्टलाई बुधबार नेपाल चिकित्सक संघको पहलमा अस्पतालमा लगेर भर्ना गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ४ : ४४ बजे

निर्वाचनको वातावरणका निर्माणका लागि संसद् पुनर्स्थापनाको मुद्दा टुङ्गोमा पुर्‍याउन आग्रह

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागुन २१ गतेको

एक्सन फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक

काठमाडौं – रोशन दासको निर्देशनमा बनेको फिल्म एक्सन प्रधान फिल्म

डा. बाबुराम भुल बने नेपाल विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति

काठमाडौं– डा. बाबुराम भुल नेपाल विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति

‘कुमारी’ निर्देशक राउतलाई प्रश्न : मल्टिरस्टार ‘महाभोज’को ठक्करले डेब्यू कलाकार लिनुभयो ?

काठमाडौं – लभस्टोरी फिल्म निर्देशनबाट चिनिएका दिनेश राउत पछिल्लो समय

भक्तपुर क्यान्सर अस्पतालद्वारा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले यही पुष १३ गतेदेखि १७ गतेसम्म