काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले यही पुष १३ गतेदेखि १७ गतेसम्म खोटाङ, सिन्धुली र रामेछाप जिल्लामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ ।
उक्त स्वास्थ्य शिविरमार्फत करिब ९०० जनाभन्दा बढी नागरिकहरू लाभान्वित भएका छन् । शिविरमा विशेषगरी प्याप स्मेयर परीक्षण, स्तन परीक्षण तथा अल्ट्रासाउन्ड परीक्षण सेवा प्रदान गरिएको थियो । ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै क्यान्सरको प्रारम्भिक पहिचान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने भक्तपुर क्यान्सर अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारीहरू तथा स्थानीय तह, सम्बन्धित निकाय र अन्य सहयोगी संस्थाहरू प्रति अस्पतालले हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ ।
भक्तपुर क्यान्सर अस्पतालले आगामी दिनहरूमा पनि यस्ता जनस्वास्थ्य हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।













प्रतिक्रिया