काठमाडौं– डा. बाबुराम भुल नेपाल खुला विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति बनेका छन् । डा. भुललाई विश्वविद्यालयले पुस १६ गते विद्यावारिधीको प्रमाणपत्र प्रदान गरेको हो ।
सो विश्वविद्यालयको व्यवस्थापन तथा कानु संकाय अन्तर्गत डा. बाबुराम भुललाई डक्टर अफ फिलोसपी इन डेभलपमेन्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि प्रदान गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ । डा. भुलले गरेको अनुसन्धानले नेपालको सार्वजनिक सेवामा समावेशी शासन तथा सांगठनिक प्रतिबद्धतामा सुधार ल्याउने अपेक्षा विश्वविद्यालयले गरेको छ ।
पहिलो विद्यावारिधीको प्रमाणपत्र हस्तान्तरण गर्दै विश्वविद्यालय प्रशासनले सो विश्वविद्यालय स्नातक देखि विद्यावारिधि तहसम्म मानवीय संसाधन उत्पादन गर्ने विशिष्ट विश्वविद्यालयको रूपमा आफूलाई उभ्याउन सफल भएको जनाएको छ ।
०७३ सालबाट छुट्टै ऐनमार्फत सञ्चालनमा आएको नेपाल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा स्वास्थ्य विज्ञान तथा प्रविधि, समाज विज्ञान तथा शिक्षा र व्यवस्थापन तथा कानुन संकायमा अध्ययन गराउँदै आएको छ ।













प्रतिक्रिया