महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित « Khabarhub

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन् ।

महामन्त्रीद्वयले जारी गरेको विज्ञप्तिमा केन्द्रीय कार्यसमितिले मंसिर १५ गते तय गरेको नियमित महाधिवेशनको कार्यतालिका परिमार्जन नहुनु र अन्य कार्यहरूमा ढिलाइ भएपछि स्थगन भएको उल्लेख छ ।

अहिलेसम्म ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यताको नवीकरण पूरा भइसकेको छ भने बाँकी जिल्लामा प्रक्रिया पूरा भएपछि कुल सङ्ख्या ६ लाखभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ। यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ सदस्यता इन्ट्री पनि भएको छ।

‘५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी माग गरेका विशेष महाधिवेशनको विकल्पका रूपमा नियमित महाधिवेशन नै प्राथमिकता थियो। तर नियमित महाधिवेशन समयमै सम्पन्न नहुने भएपछि विशेष महाधिवेशन अघि बढाउने सम्भावना पनि खुला रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पार्टी विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशनसम्बन्धी सबै कार्यहरू सर्वसम्मतिमा अघि बढाउने तयारी भइरहेको उल्लेख छ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ७ : ०५ बजे

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई