भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम « Khabarhub

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

शिक्षकहरूको क्षमता अभिवृद्धि र विद्यालयको गुणस्तर शिक्षा सुधार गर्ने उद्देश्यले आयोजित तालिममा ९० शिक्षक सहभागी थिए । प्रत्येक समूहमा ३० जनाका दरले ९० जना शिक्षकलाई प्रशिक्षित गराइएको भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।

उनले भने, ‘शिक्षामा एआईको प्रयोगमार्फत विद्यार्थीलाई भविष्यमा चुनौती सामना गर्न सक्षम, सीपयुक्त र आत्मनिर्भर बनाउन शिक्षकका लागि समय सान्दर्भिक, दूरदर्शी र अत्यावश्यक कदमका रूपमा लिइएको छ ।’

नगरप्रमुख आनन्दराज त्रिपाठीले समयअनुसार शिक्षक स्वयं अद्यावधिक नहुँदा विद्यार्थी र विद्यालय दुवै पछि पर्ने खतरा रहेकाले यस किसिमको तालिमलाई प्राथामिकता दिइएको बताए । ‘अबको शिक्षा प्रविधिसँगै अघि बढ्नुपर्छ, शिक्षकहरू परिवर्तनका अगुवा हुनुपर्छ’, उनले भने, ‘एआईजस्ता प्रविधि सही ढङ्गले प्रयोग गर्नसके विद्यालय शिक्षा व्यावहारिक, जीवनोपयोगी र प्रतिस्पर्धी बन्ने सक्दछन् ।’

तालिममा प्रशिक्षकका रूपमा भक्तपुर सानोठिमी क्याम्पसका उपप्राध्यापक विश्वराज जोशी रहेका छन् । उनले भने, ‘आजका विद्यार्थीहरू डिजिटल वातावरणमै हुर्किरहेका, प्रविधिमा चासो राख्ने तथा नवीन सिकाइ विधिप्रति उत्सुक भएकाले परम्परागत शिक्षणशैली मात्र पर्याप्त हुँदैन ।’ (रासस)

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १२ : ०१ बजे

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा