भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका « Khabarhub

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य निकायहरू उच्च सतर्कतामा अपनाइएको छ । 

इपिडियोलोजी तथा डिजिज कन्ट्रोल डिभिजन (ईडीसीडी) ले निपाहको समयमै पहिचान र नियन्त्रणका लागि नमुना संकलन तथा परीक्षणसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै देशभरका स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

निर्देशिकाअनुसार ज्वरोसँगै गम्भीर श्वासप्रश्वास समस्या, चेतनास्तरमा परिवर्तन देखिएका वा निपाह प्रभावित क्षेत्रको यात्रा इतिहास भएका व्यक्तिलाई ‘शंकास्पद निपाह केस’का रूपमा वर्गीकृत गरिनेछ । यस्ता व्यक्तिलाई तुरुन्त आइसोलेसनमा राखी अस्पताल भर्ना गरिने र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार निपाह भाइरस प्रायः फलफूल चमेराबाट मानिसमा सर्ने भएकाले काँचो खजुराको रस सेवन, संक्रमित जनावरसँगको सम्पर्क र भारतको केरलाजस्ता प्रभावित क्षेत्रमा यात्रा गर्नेहरू विशेष जोखिममा रहनेछन् । 

यस्तो जोखिम समूहमा पर्ने व्यक्तिमा गम्भीर लक्षण देखिएमा ‘सम्भावित निपाह केस’ मानेर थप कडा निगरानी गरिने निर्देशिकामा उल्लेख छ ।

नमुना संकलन गर्दा घाँटीको स्वाब, रगत, पिसाब तथा आवश्यक परे सीएसएफ संकलन गरिनेछ । संकलित नमुनालाई जैविक सुरक्षाका मापदण्ड पालना गर्दै २–८ डिग्री सेल्सियस तापक्रममा ‘ट्रिपल प्याकेजिङ’मार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) पठाइनेछ । त्यहाँ उच्च सुरक्षा प्रयोगशालामा रियल–टाइम पीसीआर परीक्षणमार्फत निपाह भाइरसको पहिचान गरिने व्यवस्था छ ।

स्वास्थ्य मन्त्रालयले यो निर्देशिकाले निपाह भाइरसको समयमै पहिचान, संक्रमण सञ्जाल तोड्न र समुदायमा फैलन नदिन सहयोग पुग्ने विश्वास लिएको छ । साथै, सर्वसाधारणलाई अनावश्यक भय नफैलाउन तर सचेत रहन आग्रह गरिएको छ । 

ज्वरो, सास फेर्न गाह्रो, बेहोस हुनेजस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १२ : ४९ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३