सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने « Khabarhub

सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र पत्रकार दिनेश सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चाबहिलस्थित चलचित्र विकास बोर्डका राखिने भएको छ ।

चलचित्र पत्रकार संघ नेपालका सचिव रघुनाथ सापकोटाका अनुसार सिटौलाको पार्थिव शरीर ग्रान्डी अस्पतालबाट निकालेर बोर्डमा लगिनेछ ।

आइतबार साढे २ देखि ३ बजेसम्म त्यहाँ राखेर शव अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइने उनले बताए । सिटौलालाई आइतबार १२ : ४५ बजे ग्रान्डी अस्पतलालले मृत घोषित गरिसकेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहसँग चुनावी प्रचारमा हिँड्दा सिटौला अछाममा बेहस भएर ढलेका थिए । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेतसम्म र त्यहाँबाट स्काई ट्रकममा काठमाडौं ल्याइ ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

४५ वर्षीय सिटौला चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्ष हुन् । पछिल्लो समय फिल्महरूको मिडिया संयोजकका रुपमा सक्रिय थिए । उनले सिने अनलाइन पनि चलाउँदै आएका थिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  २ : ०९ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित