पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश « Khabarhub

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको छ।

काभ्रेको साँगास्थित पतञ्जलि योगपीठका लागि दिइएको जग्गा घोटाला प्रकरणमा विशेष अदालतले आइतबार साक्षी बुझ्ने आदेश दिएको हो।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा साक्षी बुझ्ने आदेश दिएको हो ।

अख्तियारले माधव नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते मुद्दा दायर गरेको थियो । यसअघि ११ असारमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । थुनछेकको निर्णय सुनाएसँगै यो मुद्दा अन्तिम फैसलाका लागि अघि बढिरहेको छ।

त्यसबेला पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । पतञ्जली योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो । विगतमा पतञ्जली योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको थियो।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  २ : ४३ बजे

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी

ज्ञानेन्द्र शाहीले भने- देशको प्रधानमन्त्रीले हचुवाका भरमा हैन, तथ्य र प्रमाणमा टेकेर बोल्नुपर्‍यो 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने

काठमाडौं- जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि बुधबार भारतको