राष्ट्रिय लिगमा त्रिभुवन आर्मीको श्री भगवतीमाथि जीत « Khabarhub

राष्ट्रिय लिगमा त्रिभुवन आर्मीको श्री भगवतीमाथि जीत


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा आर्मीले श्री भगवतीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा जिलेस्पी जंग कार्कीले एक तथा नवयुग श्रेष्ठले दुई गोल गरेका थिए । 

श्री भगवतीका तर्फबाट एकमात्र गोल अजित लामाले गरेका थिए । जितसंगै ५ खेल खेलेको आर्मीको ११ अंक भएको छ भने समान खेल खेलेको श्री भगवतीको ४ अंक रहेको छ ।

त्यस्तै आइतबार नै भएको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले काँक्रे बिहार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्यो ।

 सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा प्लानिङ ब्वाइजलाई जित दिलाउन बविन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गरे ।

जितसंगै ५ खेल खेलेको प्लानिङ ब्वाइजले १० अंक जोडेको छ भने समान खेल खेलेको काँक्रे बिहार क्लब अंकबिहीन अवस्थामा रहेको छ । 

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : २८ बजे

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीका लागि अलग्गै इमेल

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार

काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार