डीभीबाट अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्रको सहारा, एकसाथ सातजना समातिए « Khabarhub

डीभीबाट अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्रको सहारा, एकसाथ सातजना समातिए


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डीभी लोटरी परेर अमेरिका जान लागेकालाई नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

अमेरिकी डीभी लोटरी परेर भिसा बनाउनका लागि पेश गरिएको कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि गिरोहका सदस्यहरू विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–७ घर भएका किरण सिंह ठकुरीले काठमाडौंस्थित अमेरिकी दूतावासमा पेश गरेको कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले नक्कली भएको पुष्टि गरेको थियो।

त्यही आधारमा प्रमाणपत्र बनाउने तथा सहयोग गर्ने गिरोहका सदस्यहरूलाई पक्राउ गरी आइतबार आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीले विदेश जाने प्रयोजनमा नक्कली कागजात प्रयोग गर्ने गतिविधि गम्भीर अपराध भएको भन्दै युमा संलग्नमाथि कडा कारबाही हुने बताएका छन् ।

पक्राउ पर्नेमा १९ वर्षीय किरण सिंह ठकुरी (तनहुँ म्याग्दे–७), ४० वर्षीय अनिल शर्मा (पर्वत फलेवास–१०), ३४ वर्षीय लक्ष्मण बस्नेत (काठमाडौंको तारकेश्वर–७), ४२ वर्षीय केशव फुयाँल (नुवाकोटको ककनी–१), ४७ वर्षीय विष्णु पाण्डे (नुवाकोटको तादी–४), ४३ वर्षीया दीपा लावती (काठमाडौं महानगरपालिका–२) र ५२ वर्षीय शोभाखर खनाल (गुल्मीको धुर्कोट–२) रहेका छन्।

उनीहरूलाई बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : २४ बजे

बालेनका चुनावी कमाण्डर भन्छन्, ‘उहाँले मिडिया फेस नगर्नु रणनीति हो’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार शैली दक्षिण भारतीय सिनेमा

इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते

तेलअभिभ- इजरायलको बेइत शेमेश सहरमा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा

‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’

काठमाडौं– अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले मौलिक धर्म संस्कृतिको जगेर्ना गर्दै

अर्थसंक्षेप : गाई फार्ममा रमाउँदै धनकुटाका कमलबहादुर, गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक र नेप्से झिनो अंकले बढ्यो

धनकुटाको पारिछाप्राङका कमलबहादुरको नमूना गाई फार्म पछिल्लो समयमा नेपालमा स्वरोजगार

देउवाको बिदाइसँगै कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बी.पी.)

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवासँगको टसलका कारण जन्मिएको नेपाली कांग्रेस