डीभीबाट अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्रको सहारा, एकसाथ सातजना समातिए « Khabarhub

डीभीबाट अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्रको सहारा, एकसाथ सातजना समातिए


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डीभी लोटरी परेर अमेरिका जान लागेकालाई नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

अमेरिकी डीभी लोटरी परेर भिसा बनाउनका लागि पेश गरिएको कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि गिरोहका सदस्यहरू विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–७ घर भएका किरण सिंह ठकुरीले काठमाडौंस्थित अमेरिकी दूतावासमा पेश गरेको कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले नक्कली भएको पुष्टि गरेको थियो।

त्यही आधारमा प्रमाणपत्र बनाउने तथा सहयोग गर्ने गिरोहका सदस्यहरूलाई पक्राउ गरी आइतबार आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीले विदेश जाने प्रयोजनमा नक्कली कागजात प्रयोग गर्ने गतिविधि गम्भीर अपराध भएको भन्दै युमा संलग्नमाथि कडा कारबाही हुने बताएका छन् ।

पक्राउ पर्नेमा १९ वर्षीय किरण सिंह ठकुरी (तनहुँ म्याग्दे–७), ४० वर्षीय अनिल शर्मा (पर्वत फलेवास–१०), ३४ वर्षीय लक्ष्मण बस्नेत (काठमाडौंको तारकेश्वर–७), ४२ वर्षीय केशव फुयाँल (नुवाकोटको ककनी–१), ४७ वर्षीय विष्णु पाण्डे (नुवाकोटको तादी–४), ४३ वर्षीया दीपा लावती (काठमाडौं महानगरपालिका–२) र ५२ वर्षीय शोभाखर खनाल (गुल्मीको धुर्कोट–२) रहेका छन्।

उनीहरूलाई बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : २४ बजे

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र