‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र « Khabarhub

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल गराउने वेबसाइटहरु बन्द गर्न निर्वाचन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ ।

आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचनको प्रक्षेपण गर्ने वेबसाइटहरु बन्द गर्न पत्र पठाइएको हो ।

यी हुन् आयोगले बन्द गर्न पत्र पठाएका वेबसाइटहरु

रेट माइ नेता (ratemyneta.com),

एक्जिट पोल नेपाल (exitpollnepal.com),

नेपाल पोल (Neppoll.com)

एचओआर २०२६ (Hor-2026.vercel.app)

नेपाल राइटस् (elections.nepalwrites.com)

पोलिमार्केट (Polymarket.com/event/Nepal-house-of-representatives-election-winner)

त्यस्तै कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेको (rate.ekantipur.com) वेब पोर्टलमा गरिरहेको एप्रुभल रेटिङ आचारसंहिता विपरीत भएको भन्दै आयोगले नेपाल प्रेस काउन्सिलाई पत्र काटेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ८ : ५७ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच