कांग्रेसले आयोगलाई भन्यो : प्रचारमा चुनाव चिह्न र राष्ट्रिय झण्डाको प्रयोग रोक्नू « Khabarhub

कांग्रेसले आयोगलाई भन्यो : प्रचारमा चुनाव चिह्न र राष्ट्रिय झण्डाको प्रयोग रोक्नू


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

आइतबार कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोग पुगेर आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा निर्वाचन आचार संहिता उल्लंघन गर्दै चुनाव प्रचार–प्रसार गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गराउनका लागि आचार संहिता पालना गर्न–गराउन समेत ध्यानाकर्षण गराइएको कांग्रेस प्रवक्ता चालिसेले बताए ।

राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको, राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको पाइएको उनले बताए । 

त्यस्तै राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको र मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको कांग्रेसको ध्यानाकर्षणपत्रमा उल्लेख छ । 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  २ : १३ बजे

निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न सरकार तयार

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामले

इरानले हिन्द महासागरमा थाल्यो ‘अपरेशन ट्रु प्रमिस ४’, निशानामा अमेरिकी जहाज

तेहरान- इरानले हिन्द महासागरमा ‘अपरेशन ट्रु प्रमिस ४’ सञ्चालन गरेको

‘निर्वाचनको पूर्वव्यवस्था सबै सम्पन्न भइसकेको छ’

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको

इरानी वायुसेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूलाई निशाना बनायो

तेहरान- इरानी सेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूमा फेरि हमला थालेको छ

तस्बिरमा यस्तो देखियो कांग्रेस काठमाडौं १० को चुनावी सभा

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १० मा चुनावी सभा