‘निर्वाचनको पूर्वव्यवस्था सबै सम्पन्न भइसकेको छ’ « Khabarhub

‘निर्वाचनको पूर्वव्यवस्था सबै सम्पन्न भइसकेको छ’


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वव्यवस्था सबै सम्पन्न भइसकेको बताएका छन् । 

प्रेस काउन्सिलले आइतबार काठमाडौंमा आयोजना गरेको मौन अवधि र मिडिया विषयक अन्तर्क्रियामा भण्डारीले मतदान सामाग्री, जनशक्तिलगायतका निर्वाचनका लागि आवश्यक सबै व्यवस्था सम्पन्न भइसकेको बताएका हुन् ।

फागुन २१ गते हुने निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६९९ मतदातालाई २३ हजार १ सय १२ मतदान केन्द्रमा गएर मत दिने अधिकार सुरक्षित गरिएको उनले बताए । भण्डारीले मतदानका लागि धेरै समय कुर्न नपर्नेगरि प्रविधिमैत्री बनाइएको जानकारी दिए ।

उनले आचारसंहिताको सबैले पालना गरेर निर्वाचनलाई सफल पार्नु सबैको दायित्व भएको धारणा राखे  । निर्वाचनका लागि फागुन १८ गते मध्यरातीदेखि मौन अवधि सुरु हुने भएकाले यसको पूर्णपालना गर्न सञ्चारजगतलाई उनले आग्रह गरे ।

मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशित गर्न नहुने भन्दै उनले बरु मतदाता शिक्षा, निर्वाचन प्रक्रिया लगायतका विषयमा कलम चलाउन सुझाव दिए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न आयोग गम्भीर भएर लागेको भन्दै झुटा सामाग्री प्रचार गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । 
 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : २३ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा