इरानले हिन्द महासागरमा थाल्यो ‘अपरेशन ट्रु प्रमिस ४’, निशानामा अमेरिकी जहाज « Khabarhub

इरानले हिन्द महासागरमा थाल्यो ‘अपरेशन ट्रु प्रमिस ४’, निशानामा अमेरिकी जहाज


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले हिन्द महासागरमा ‘अपरेशन ट्रु प्रमिस ४’ सञ्चालन गरेको घोषणा गरेको छ।

इस्लामिक रिभोल्युसनरी गाडर्डठ कर्प्स (आईआरजीसी) का अनुसार उक्त अपरेशनअन्तर्गत हिन्द महासागर क्षेत्रमा विभिन्न आक्रमण गरिएको छ।

आईआरजीसीले जेबेल अलीमा रहेको एक जहाजमाथि चार वटा ड्रोनबाट आक्रमण गरिएको जनाएको छ।

उक्त जहाज अमेरिकी जहाजहरूका लागि हतियार बोकेर जाँदै गरेको दाबी गरिएको छ। हमलापछि जहाजमा ठूलो क्षति पुगेर सञ्चालनयोग्य नरहेको उल्लेख गरिएको छ।

वक्तव्यमा कुवेतको अब्दुल्ला मुबारक क्षेत्रमा रहेको अमेरिकी नौसैनिक अड्डामाथि मिसाइल र ड्रोन आक्रमण गरिएको उल्लेख छ। त्यसबाट उल्लेख्य क्षति भएको र केही सैनिक मारिएको वा घाइते भएको दाबी गरिएको छ।

‘ट्रु प्रमिस’ इरानले आफ्ना प्रतिआक्रमणहरूलाई दिएको नाम हो। इरानले मिसाइल वा ड्रोनमार्फत जवाफी कारबाही गर्दा त्यसलाई ‘ट्रु प्रमिस’ भन्ने गरेको छ, जुन प्रायः आईआरजीसीले सञ्चालन गर्छ।

ट्रु प्रमिसका अघिल्ला तीन अपरेशन

ट्रु प्रमिस १ : अप्रिल २०२४ मा सिरियास्थित आफ्ना दूतावासमाथि भएको हमलाको जवाफस्वरूप इरानले इजरायलमाथि सयौँ ड्रोन र मिसाइल प्रहार गरेको थियो। यो पहिलो प्रत्यक्ष आक्रमण मानिएको थियो।

ट्रु प्रमिस २ : त्यसको केही महिनापछि, अक्टोबर २०२४ मा आफ्ना सैन्य कमाण्डरहरूको हत्या भएको भन्दै इरानले पुनः मिसाइल र ड्रोन आक्रमण गरी इजरायललाई कडा चेतावनी दिएको थियो।

ट्रु प्रमिस ३ : गत वर्ष जुनमा इरानले इजरायलविरुद्ध तेस्रो अपरेशन सुरु गरेको थियो। उक्त क्रममा हजारौँ मिसाइल प्रहार गरिएको दाबी गरिएको थियो।

ओमानको दुक्म बन्दरगाहमा ड्रोन आक्रमण

ओमानको दुक्म बन्दरगाहमा दुईवटा ड्रोन आक्रमण भएको छ। एउटा ड्रोन कामदार बस्ने आवास क्षेत्रमा खसेर एक विदेशी कर्मचारी घाइते भएका छन्। अर्को ड्रोनको भग्नावशेष इन्धन ट्याङ्क नजिक खसे पनि ठूलो क्षति नभएको बताइएको छ।

साउदी अरेबियाको राजधानीमा विस्फोट

साउदी अरेबियाको राजधानी रियादको पूर्वी क्षेत्रमा विस्फोटका आवाज सुनिएको छ। एएफपीकाअनुसार स्थानीय बासिन्दाले ठूला विस्फोटको आवाजपछि आकाशमा धुवाँ उठेको देखेका बताएका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : ३० बजे

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट