पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह « Khabarhub

पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले पश्चिम एसिया क्षेत्रमा आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरेको छ । 

एसोसियसनका केन्द्रीय अध्यक्ष दीपक थापाले आइतबार एक विज्ञप्ति जारी गरी पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो सुरक्षा परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरे  । 

उनले पश्चिम एसिया क्षेत्रमा बसोबास गर्ने एवं त्यहाँ कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उच्च सतर्कता अपनाउन, सम्बन्धित देशका स्थानीय प्रशासनद्वारा जारी सुरक्षा निर्देशिकाको पूर्ण रूपमा पालना गर्न अनुरोध गरे । 

एसोसिएसनले नेपाल सरकार तथा विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोगलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक समन्वय गर्न, नियमित सूचना प्रवाह गर्न तथा आपत्कालीन संयन्त्र प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

अध्यक्ष थापाले नेपाली नागरिकको जीवन र सुरक्षाको संरक्षण सर्वोपरि भएकाले नेपालस्थित सम्पूर्ण इजाजत प्राप्त संस्था, सम्बन्धित रोजगारदाता कम्पनीसँग निरन्तर समन्वय र सहकार्य गरी आफ्ना कामदारको अवस्थाबारे नियमित जानकारी लिन पनि अनुरोध गरे  । 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ४ : ०७ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले